News Portal

कहाँबाट आउछ बरामद भएको रकम ?

रातोपोस्ट संवाददाता
४४९ पटक

काठमाडौँ, ६ माघ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७४र७५–चालू आवको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिरदेखि २०७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ भने १७ जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेका उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४र०७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, २०७५र७६ मा १० करोड ८६ लाख २ हजार ९९४, २०७६र७७ मा ५ करोड ७६ लाख ५९ हजार ९१०, २०७७र७८ मा ६ करोड ३६ लाख ३५ हजार ७६० र चालू आवको भदौं २९ गतेसम्म २ करोड ८ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ ।

बरामद भएको रकम कहाँबाट आउछ ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार एकथरीले यस्ता रकम आपराधिक कर्म तथा गैरकानुनी कार्यबाट आर्जन गरेका हुन्छन् । तर, विभिन्न ठाउँमा लगानी गरेर वैध बनाएका हुन्छन् ।

त्यस्तै, अर्कोथरीले अपराध नगरे पनि रकमको स्रोत खुलाउन नसकेमा पनि यस्तो रकम बरामद हुने गर्छ । ‘हामो भारतसँग खुला सिमाना भएकोले सिमानामा हुने व्यापार व्यवसायबाट आएको सम्पत्तिको स्रोत खुलाउन नसक्ने अवस्था छ,’ उनले भने, ‘सिमानामा रहेको भारतीय बजारमा नेपाली पैसा कारोबार हुन्छ भने नेपाली बजारमा भारतीय पैसा कारोबार हुन्छ । यता उता भएका पैसाहरु आ–आफ्नो देशमा ल्याउँदा पनि प्रायः स्रोत खुलेको देखिँदैन। यस्तो रकम भन्सारमा जाने गर्छ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्