News Portal

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

रातोपोस्ट संवाददाता
४२५ पटक

बागलुङ, २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ। कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो। एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।

उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पनाका लागि यो अभियान थालेको बताए।

प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्