News Portal

कडा सुरक्षाका साथ आगलागीस्थल पुगेका मेयर उपमेयरलाई घेरे जनताले

रातोपोस्ट संवाददाता
१५३४ पटक

झापा, २ फागुन । कडा सुरक्षाघेराका बिच आगलागीस्थल आइपुगेका मेचीनगरका मेयर र उपमेयर नाजवाफ भएर फर्किएका छन । ठूलो सुरक्षा सतर्कताका साथ आज मेयर र उपमेयरको टोली मेचीनगर- ६ स्थित हिजो आगलागी भएको स्थान आइपुगेका थिए ।

आगलागीस्थलमा केहिबेर स्थानीयबासी र मेयर उपमेयरको टोलीबिच वार्ता पनि भयो । तर वार्ता तनावग्रस्त अवस्थामा टुङ्गियो । आक्रोशीत स्थानीयले उचित जवाफ नै नदिइ मेयर उपमेयर हिँडेको भन्दै जनतासँग फेस गर्न नसक्नेले राजीनामा दिनुपर्छ भन्दै राजीनामा समेत मागे ।

यतिमात्र नभइ आक्रोशीत स्थानीयहरु मेयर उपमेयर माथी नै खन्निएपछी भिड्बाट बच्न मेयर र उपमेयर कडा सुरक्षा लिएर बाहिरिनुपर्ने अवस्था बनेको थियो । उपप्रमुख मिना उप्रेती भिडबाट बच्न सुरक्षाका साथ गाडीमार्फत बाहिरिएकी थिइन् ।

आगलागी स्थलमा केहिबेर वार्ता भएपनी स्थानीयले अपेक्षा गरेको जवाफ नपाएको बताएका छन । जनतासँग फेस टु फेस कुरा गर्न नसकेको उनीहरुको आरोप छ । जनतासँग फेस टु फेस कुरा गर्न नसक्नेले राजीनामा दिनुपर्छ । भिडमा जम्मा भएका स्थानीयले भनेका छन ।

काकँँरभिट्टा स्थित भानुटोलमा हिजो भएको आगलागीमा स्थानीय पासाङ तामाङ र दिलबहादुर गुरुङ्को २ घर जलेर नष्ट भएको थियो । सोही आगलागीमा विर्तामोडको दमकल आइसक्दा पनि मेचीनगरको दमकल नआएको भन्दै यहाँका स्थानीय आक्रोशीत बनेका थिए । आक्रोशीत स्थानीयको भिडले हिजो करिब ५ घन्टा पुर्व पश्चिम राजमार्ग नै अवरुद्ध गरेको थियो भने नगरपालिकाको गेटमा पनि ताला लगाएको थियो ।

आज वार्ता गर्ने सहमतीमा हिजोको आन्दोलन स्थगीत भएको थियो । जस अनुरुप आज वार्ता पनि भयो तर आज भएको वार्ताप्रति स्थानीयले तिव्र आक्रोश पोखे भने तनावग्रस्त अवस्थामा वार्ता टुङ्गियो ।

प्रतिकृया दिनुहोस्