News Portal

झापामा २१ औं मजदुर बलिदान दिवस, दुई जना सम्मानित

रातोपोस्ट संवाददाता
७५१ पटक

झापा, १० फागुन । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले २१ औं मजदुर बलिदान दिवसको अवसरमा दुई जनालाई सम्मान गरेको छ । महासंघले बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच बेपत्ता मिसी धिमालका भाइ कुसी धिमाल र सहिद टेकनारायण राजवंशीका पिता सोपलाल राजवंशीलाई सम्मान गरेको हो ।

उनीहरूलाई महासंघ प्रदेश १ का इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि भूपाल सापकोटाले सम्मान गरेका थिए । महासंघ झापाकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सापकोटा, नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सदस्य कुवेर श्रेष्ठ अरुणलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे स्वागत अखिल नेपाल ढुवानी मजदुर संघ झापाका कार्यवाहक अध्यक्ष जानकीप्रसाद भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासंघ झापा सदस्य जगनाथ पौडेलले गरेका थिए ।

२०५८ फागुन ११ गते कालिकटको कोटवाड विमान स्थल निर्माण गर्न गएका १८ जना मजदुरलाई तत्कालीन शाही सेनाद्वारा निर्मम हत्या गरिएको थियो । ती मृतक मजदुरको सम्झनामा प्रत्येक वर्ष महासंघले मजदुर बलिदान दिवस मनाउँदै आएको महासंघ झापा अध्यक्ष सापकोटाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्