News Portal

  • संसद् बैठक भोलिसम्म स्थगित

    रातोपोस्ट संवाददाता
    १६० पटक

    काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

    सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो । तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

    ‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ । अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)