News Portal

गोरखापत्रको महाप्रबन्धकका लागि आवेदन माग

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं, २७ फागुन । गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी सात दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ।

तोकिएको योग्यता पुगी ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ। त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ। पत्रकार आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्