News Portal

तामाङले जिते मिस्टर कञ्चनकंघा वडी विल्डिङ्ग च्याम्पियनसिपको उपाधी

रातोपोस्ट संवाददाता
५८२ पटक

झापा, २९ फागुन । मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा भएको प्रदेश नम्बर १ काे वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी तामाङले उपाधी हात पारेका हुन् ।

यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका चन्द्रकुमार लिम्बु र सेकेण्ड रनर अपमा यारो फिट्नेस बेलबारीका मनोज सुवेदीले उपाधी हात पारेका छन् । प्रतियोगिताको चौँथो र पाँचौ स्थानमा क्रमश नट्रीहन फिट्नेसका कमल तामाङ, गोल्डेन फिट्नेसका हर्कबहादुर राई विजयी भए ।

प्रतियोगिताको ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले २ लाख, सेकेण्ड रनर अपले १ लाख र चौँथो र पाँचौ स्थान ओगट्न सफल विजेताहरुले ७५ हजार र ५० हजार रुपैयाँ नगद सहित ट्रफी,प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै लेडिज च्याम्पियनसिप तर्फ सहभागी एक जना खेलाडी सलिना राईले पनि नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र जितिन् ।

प्रतिकृया दिनुहोस्