News Portal

बसको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

रातोपोस्ट संवाददाता
२९२ पटक

झापा, १ चैत । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

हिजो (साेमबार) बेलुका करिब साढे ७ बजे लु१ख ८८३६ नम्बरको बसले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बससहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्