News Portal

सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

रातोपोस्ट संवाददाता
६२९ पटक

काठमाडौं,१ चैत । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्