News Portal

माओवादी केन्द्रका प्रमुख सचेतक रहेका विष्ट एमाले प्रवेश

रातोपोस्ट संवाददाता
२८३ पटक

सुर्खेत, ६ चैत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।

यसअघि माओवादी केन्द्रबाट सुर्खेतको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत थिए । माओवादी केन्द्र भित्र एमसीसी विषयमा विवाद हुँदा उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्