News Portal

विप्लव लगायत नेकपाका शीर्ष नेताले गरे श्रमदान, खेतमा गहुँ काटे

रातोपोस्ट संवाददाता
२८२ पटक

काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु शिवगढीस्थित केन्द्रीय जनकम्युनमा श्रमदानमा सहभागी भएको जानकारी दिए ।

‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै’, उनले सामाजिक सञ्जालमार्फत तस्बिरसहितको जानकारी दिएका छन् । सो क्रममा नेताहरु जनताको गहुँ काट्ने काममा सरिक भएका थिए ।

प्रतिकृया दिनुहोस्