News Portal

सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन

रातोपोस्ट संवाददाता
८९४ पटक

काठमाडौँ, १० चैत्र । कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए ।

त्यस्तै सोहि पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उनले दिए।त्यस्तै सोहि गीतकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपूतको नितान्त व्यक्तिगत कुरा भएको बताइन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताइन्।

पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै केहिले सपूतको आलोचना गरेका थिए । त्यस लगत्तै सपूतले गीतबाट उक्त दृश्य हटाएका थिए।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)