News Portal

काँकडभिट्टाकाे प्रहरी प्रमुखमा महताे

रातोपोस्ट संवाददाता
१०४६ पटक

झापा, २३ चैत । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महताे आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महताे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख सुनिलसिंह दाहाल १ नम्बर प्रहरी कार्यालय विराटनगरमा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखमा महताे आएका हुन् ।

मंगलबार प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका महताेले सिमा क्षेत्रमा हुने लागुऔषध नियनत्रण गर्ने, सिमा क्षेत्रमा हुने चाेरी निकासीलाई नियन्त्रण गर्ने, निर्वाचनलाई शान्तपुर्वक तरिकाले सम्पन्न गर्ने, मानव बेचविखनलाई नियन्त्रण गर्ने र अपराधमा शून्य सहनशिलता अपनाउने याेजना रहेकाे बताए । यस्तै उनले नागरिक प्रहरी साझेदारी कार्यक्रमलाई टोल टोलमा पु-याउने, सामाजिक हिंसा बिरुद्ध प्रहरीले स्थानीय तहसंग मिलेर जनतालाई सचेतना मुलक कार्यक्रम गरेर अभियान चलाउने बताए ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख महतोले यसअघि ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको जिम्मेवारी सम्हालीसकेका छन् भने जिल्ला प्रहरी कार्यालय पर्सामा अनुशन्धान शाखाको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् । यस्तै जिल्ला ट्राफिक कार्यालय धनुशाको प्रमुखको समेत जिम्मेवारी सम्हालेका उनले जिल्ला प्रहरी कार्यालय सिराहाको अपराध अनुशन्धान शाखामा रहेर काम गरेको अनुभव सुनाए ।

प्रतिकृया दिनुहोस्