News Portal

गौरीगन्जमा नेकपा एसको कमिटी गठन, अध्यक्षमा गिरी चयन

रातोपोस्ट संवाददाता
५२८ पटक

झापा, २७ चैत । नेकपा एकीकृत समाजबादी पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । आज गाउँपालिका स्थरीय पार्टीको भेलाले अध्यक्षमा हिराकाजी गिरि, उपाध्यक्षमा पशुपति भुजेल, सचिबमा बेदराज गिरि, उप सचिबमा बेदनाथ आचार्य सहित ३५ सदस्य समिति चयन गरेकाे छ ।

पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज इन्द्र बुढाथाेकीकाे प्रमुख आथित्यता, प्रदेश कमिटी सदस्य भरत बाबु कार्कीको विशेष आथित्यमा भेला सम्पन्न भएकाे थियो ।

जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चाज हरि नेपालकाे सभापतित्व र झापा जिल्ला कार्यालय सदस्य टीकाराम प्रसाईंकाे सन्चालन सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्