News Portal

पत्रकार महासंघ झापाको आयोजनामा २ दिने प्रशिक्षण सम्पन्न

रातोपोस्ट संवाददाता
५२३ पटक

झापा, २७ चैत । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुर्गापुरमा आइतबार खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको हाे ।

नेपाल प धुलाबारीमा सञ्चालित स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षणका सहभागीले त्यस्तो बताएका हुन् । कनकाई नगरपालिका कार्यक्षेत्र भएका सहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाको सहयोगमा महासंघले उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

कार्यक्रममा महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्