News Portal

निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण तालिम दिँदै : निर्वाचन आयोग

रातोपोस्ट संवाददाता
४९६ पटक

काठमाडाैँ, २९ चैत्र । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृतहरूलाई अभिमुखीकरण तालिम दिँदैछ । आयोगले ३ वैशाखसम्म सातवटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखलाई तालिम दिन लागेको हो ।

आयोगका अनुसार अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश–१ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शमशेर जबरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुनेछन् ।

स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन १ वैशाख २०७९ देखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्