News Portal

रसोइ झापा सुपर लिगमा धुलाबारी टाइगर्स विजयी

रातोपोस्ट संवाददाता
४४२ पटक

झापा, ३ बैशाख । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काकडभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको छ ।काकडभिट्टा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भयो ।

धुलाबारीका लागि राष्ट्रिय खेलाडी गुलसन झाले उत्कृष्ट अर्धसतकिकीय पारी खेले । उनले ६ छक्का र ३ चौकाको मद्दतमा २० बल खेल्दै ५२ रन बनाएका थिए । धुलाबारीका लागि डम्बर विष्टले ९ बलमा १० रन, विवेक बुढाथोकीले १० बलमा ११ रन सुजन थपलियाले २४ बलमा २६ रन, संयोग बंशलले ११ बलमा २ रन, राज थापा १४ बलमा ९ रन कप्तान मुकुन्द यादव ६ बलमा ५ रन दिपेश कडेल ९ बलमा १२ रन , शिव राजवंशी २ बलमा १ रन बनाउँदै आउट भएका थिए भने प्रवेश कामती १४ बलमा २६ रन र ज्ञानेन्द्र श्रेष्ठ २ बलमा १ रन बनाउँदै अविजित रहे ।

यता बलिङतर्फ बोस्टनका लागि सुनिल आचार्यले ४ ओभरमा १९ रन खर्चँदै ३ विकेट लिन सफल भए भने रोमन गोश्वामिले ४ ओभरमा ३४ रन खर्चँदै २ विकेट लिए। राष्ट्रिय खेलाडी करण केसी र अर्का खेलाडी सिदार्थ कुमाल भने बोस्टनका लागि महँगो सावित हुन पुगे । करणले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर १ विकेट लिए भने कुमालले ४ ओभरमा ४८ रन खर्चिएर २ विकेट लिएका थिए।

१७५ रनको विजय लक्ष्य पछ्याउने क्रममा बोस्टन ब्लास्टर्सले १८।२ ओभर खेल्दै १२८ रन बनाएर अलआउट हुन पुग्यो । बोस्टनका लागि दिपु भुजेलले ५ चौका र १छक्काको मद्धतमा २६ बलमा सर्वाधिक ३० रन बनाएका थिए। बोस्टनका लागि मिनास थापाले १७ बलमा २४ रन, समीर कार्कीले १५ बलमा १४ रन, सुरज खड्काले १३ बलमा २० रन, करण केसी ४ बलमा ३ रन, सरोज श्रेष्ठ ८ बलमा ४ रन, सिद्वार्थ कुमाल ५ बलमा १ रन, विवेक चिमोरिया १२ बलमा ९ रन, राहुल पाठक ८ बलमा १३ रन, र विधान गोस्वामी २ बल खेल्दै ० रनमा आउट भएका थिए।

बलिङतर्फ धुलाबारीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३।२ ओभर बलिङ गर्दै २४ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए। प्रवेश कामतिले १ विकेट तथा दिपेश कँडेल, राज थापादर मुकुन्द यादवले समान २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच गुलसन झा भए । उनले नगद रु ३००० रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा भद्रपुर राइजिङ किङ र सनराइज काकडभिट्टा बीच प्रतिस्पर्धा भैरहेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु ३ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्