News Portal

एकीकृत समाजवादीका नेता खनाल भोलि झापा आउँदै

रातोपोस्ट संवाददाता
९०५ पटक

झापा, ५ बैशाख । नेकपा एकीकृत समाजवादीका नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनाल पार्टी कार्यालय उद्‍घाटन गर्न झापामा आउने भएका छन् । उनी झापाकाे मेचीनगर कमिटिको कार्यालय उद्‍घाटन गर्न झापामा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीका जिल्लाका उपसचिव बिपि भट्टराईले जानकारी दिएका छन ।

मंगलबार विहान ९ बजे चन्द्रगढी आउने कार्यक्रम रहेको उपसचिव बिपि भट्टराईले जानकारी दिएका छन् । झापा आएर खनाल दिउँसो १२ बजे इलामकाे राैंङ गाउँपालिकामा एकीकृत समाजवादीकाे पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी रहेकाे उनले बताए ।

प्रतिकृया दिनुहोस्