News Portal

मेयरको टिकट नपाएपछि गौतमले छाडे माओवादी

रातोपोस्ट संवाददाता
२९२ पटक

दाङ, ५ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन्।

आज दाङमा पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत त्यागेको बताएका हुन्। उनी दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी नै छाडेका छन्।

उनी नेता नारायणकाजी श्रेष्ठनिकट हुन्। घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ। शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन्।

‘मलाई मेयरमा टिकट नदिने भए। माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ,’ उनले भने, ‘एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु।’ उनले अब अर्को कुनै पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे खुलाउन चाहेनन्।

प्रतिकृया दिनुहोस्