News Portal

राप्रपाका नेता आचार्य एमालेमा प्रबेश

रातोपोस्ट संवाददाता
६४९ पटक

झापा, ११ बैशाख । राप्रपाका नेता शुशिल आचार्यसहित ६० जना राप्रपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार काँकरभिट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर, टिका लगाएर प्रवेश गराएका थिए ।

मेचीनगरका युवा नेता, राप्रपाका पूर्व नगर अध्यक्ष, वर्तमान जिल्ला सदस्य आचार्यसहित राप्रपाका ६० जना युवाहरु एमालेमा प्रवेश गरेको नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, एमाले नगर अध्यक्ष राजु पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्