News Portal

एमालेबाट मेचीनगरको मेयरमा बुढाथोकी र उपमेयरमा उप्रेतीको उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
५७७ पटक

झापा, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेची नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी र उपमेयरको उम्मेदवारमिना उप्रेतीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूसंगै नगरका वडा अध्यक्ष तथा सदस्यहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । केही वडाहरूको दर्ता क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत बताएका छन् ।

एमाले कार्यकर्ताहरू उम्मेदवारी दर्ताका लागि विभिन्न सांस्कृतिक झांकी र र्‍याली सहित पार्टी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रदेश सांसदबाट राजीनामा गरी मेयरका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य हुन भने उपमेयर उम्मेद्वारी दर्ता गराएकी उप्रेती एमाले केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज रहेकी छिन् । उपमेयरकी उम्मेद्वारी दिएकी उप्रेती यस अघि मेचीनगरको उपप्रमुख रहेकी थिइन् ।

प्रतिकृया दिनुहोस्