News Portal

राष्ट्रिय टिमकाे बन्द प्रशिक्षणमा १७ खेलाडी थपिए

रातोपोस्ट संवाददाता
६२१ पटक

काठमाडाैँ, १६ बैसाख । अखिल नेपाल फुटबल संघ एन्फाले १७ जना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा थप गरेको छ । आसन्न एएफसी एसियन कप छनोटका लागि नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

यसअघि १० जना सिनियर खेलाडीले क्याम्प छाडेपछि एन्फाले बी र सी डिभिजनबाट पनि खेलाडीलाई राष्ट्रिय टिममा बोलाएको छ । एसियन कप छनोट खेल जुन ८ तारिखदेखि १४ तारिखसम्म कुवेतमा हुँदैछ ।

आज थप गरिएका खेलाडीहरु यस प्रकार छन् । विकेश कुथु (गाेलकिपर), विशाल सुनार (गाेलकिपर), अभिषेक बराल (गाेलकिपर), आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जरगाह मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, संजोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ, सुशील राई

प्रतिकृया दिनुहोस्