News Portal

चुनावी अभियानलाई तीव्र पार्दै मेयरका उम्मेद्वार बुढाथाकी

रातोपोस्ट संवाददाता
५३५ पटक

झापा, १८ वैशाख । नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । शनिबार झापाकाे मेचीनगर–१५ मा चुनावी अभियान सुरु गरेकाे पार्टीले आइतबार मेचीनगर–१० स्थित टिमाई बस्तीका घर-घरमा पुगेर जनताका दुःख सुनेको छ ।

पार्टीको तर्फबाट मेयरका उम्मेद्वार गोपालचन्द्र बुढाथाकी, उपमेयर मीना पोखरेल उप्रेती, वडाध्यक्ष नारायण खनाल, वडा सदस्य लगायतको संयुक्त टोलीले जनता माझ पार्टीको अवधारणा समेत व्यक्त गरेका थिए । हिजोकाे दिनमा भएका उपलब्धीहरुलाई रक्षा गर्दै जनताको हितका निम्ति एमाले पार्टी बहुमतको सरकार सञ्चालन गर्ने अभियानमा जुटेका नेताहरुले बताए ।

आफ्नै घरमा आएका पार्टीका नेताहरुलाई हृदयबाटै स्वागत गर्दै एमालेलाई पहिलो पार्टी बनाउन आफूहरु कसिएको स्थानी बासीको भनाई थियो । कार्यक्रममा एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य विष्णु प्रसाईँ, प्रदेश कमिटी श्रीप्रसाद मैनाली, जिल्ला सचिवालय सदस्य टिका मंग्रान्ती, जिल्ला सदस्य मोहन काजी, नेता हृदय राजवंशी लगायतको उपस्थिति रहेको एमाले प्रचार प्रसाद विभाग मेचीनगर- १० का संयोजक धर्मेन्द्र खड्काले बताए ।

प्रतिकृया दिनुहोस्