News Portal

  • कनकाईका वडा अध्यक्षका उम्मेदवार मगर भन्छन् : नेतृत्व सक्षम युवाको हातमा हुनुपर्छ

    रातोपोस्ट संवाददाता
    २५३ पटक

    कनकाई, १८ बैशाख । झापाको कनकाई नगरपालिका वडा नम्बर- ८ काे अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट युवा नेता तथा समाजसेवी गणेशबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन्,।

    आसन्न बैशाख ३० गते हुने निर्वाचनमा कनकाई नगरपालिका वडा नम्बर- ८ मा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मगर वाइसीएलका पुर्व प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष हुन्, भने हाल पार्टीका जिल्ला सदस्य समेत रहेका छन् ।

    सामाजिक मनोभावना बोकेका तथा गरिब दुखिकाे सहारा बन्दै आएका युवा नेता मगरले जनताको सेवामा आफू विगतदेखि नै लागिरहेको र अझै संस्थागत भएर जनताको सेवा गर्न आफूले वडाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएको जानकारी दिए । समृद्धिका नारा फलाकेर जनतालाई झुटो आश्वासन बाँड्नेहरुले गर्दा समग्र वडा विकासमा पछाडि परेको बताउँदै उनले अबको नेतृत्व युवाको हातमा हुनु पर्ने बताए । सबल अनि सक्षम नेतृत्वका लागि जनताले सचेत पुर्वक मतदान गर्नुपर्ने बताउँदै उनले वडा बासीलाई यस पटकको चुनावमा आफुलाई मौका दिन अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)