News Portal

राप्रपा मेचीनगरका उम्मेदवारहरु भोट माग्दै घरदैलो अभियानमा

रातोपोस्ट संवाददाता
८८० पटक

झापा, १९ वैशाख । झापाकाे मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार सविना बजगाई र वडा अध्यक्षका उम्मेदारीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

आइतबार मेचीनगर- १ र मेचीनगर- ६ भानुटाेलमा घरदैलो अभियान भएकाे राष्ट्रिय युवा संगठन राप्रपा मेचीनगरका सचिव बिनाेद रिमालले जानकारी दिए । घरदैलो कार्यक्रममा नगरमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर जिताउन सबै नगरका जनतालाई मेयरका उम्मेदार दाहालले आग्रह गरेका छन ।

त्यसैगरी उपमेयरका उम्मेदार सविना बजगाईले हाम्रो उम्मेदवारी मेचीनगरलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । मेचीनगरलाई स्मार्ट नगर बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो मेचीनगर निर्माणकाे लागि नगरका जनतालाई राप्रपालाई मत दिएर विजयी गराइदिन हुन आग्रह गरेकी छिन । उक्त चुनावी घरदैलो अभियानमा राप्रपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्