News Portal

मेचीनगर-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

रातोपोस्ट संवाददाता
६८१ पटक

झापा, १९ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- २ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं २ का वडाध्यक्षका उम्मेदवार गाेपी कृष्ण रिजाल, वडा सदस्यका उम्मेदवारहरु हरी नारायण न्याैपाने, धनबहादुर राई, महिला वडा सदस्यका उम्मेदवार सुश्मा सुबेदी र दलित महिला सदस्यका उम्मेदवार अमृता शंखरले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

सोमबार जाेगी डाँडाबाटबाट सुरु भएको घरदैलो अभियान बाेद्वमाेडमा पुगेर सम्पन्न भएको निर्वाचन प्रचार प्रसार समिति मेचीनगर वडा २ का सहसंयोजक लक्ष्मी काफ्लेले जानकारी दिए । उक्त चुनावी घरदैलो अभियानमा प्रचार प्रसार समितिका संयोजक हिमत क्षेत्री, सहसंयोजक भेषराज काफ्ले, सचिव केशर बस्नेत, उपसचिव धनकुमार राई र सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्