News Portal

पाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायर

रातोपोस्ट संवाददाता
६१७ पटक

काठमाडौं, २५ बैसाख । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । ‘उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज बिरजु कुमार गच्छदारले प्रावि तृतीय श्रेणी अस्थायी करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा प्रोफीसिएन्सी सर्टीफीगेट लेभलको शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिएको माग दावी प्राप्त भएको छ ।’ अख्तियारद्धारा दायर भएको मुद्धामा भनिएको छ ।

आयोगको विज्ञप्तीमा भनिएको छ, ‘आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि हुन आएको देखिँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

प्रतिकृया दिनुहोस्