News Portal

कर छल्ने दुईजना विरुद्ध १७ करोड जरिवाना दाबी गर्दै मुद्दा

रातोपोस्ट संवाददाता
४३५ पटक

काठमाडौं, २६ बैसाख । राजस्व अनुसन्धान विभागले साढे ८ करोड रूपैयाँ कर छलेको आरोपमा काठमाडौं महानगरपालिका-२७ स्थित श्री अन्तरा इन्टरनेशनलविरुद्ध मुद्दा दर्ता गरेको छ।

कर छलीका मतियारहरू कम्पनीका लेखापरीक्षक डोटी दिपायल सिलगढी नगरपालिका-४ का गणेशबहादुर केसी र धनुषा लक्ष्मीनियाँ गाउँपालिका-६ का श्यामसुन्दर यादवविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ।विभागका अनुसार उक्त कम्पनीले राजस्व चुहावट गर्न नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तथा आय विवरण तयार गरी तिर्नुपर्ने कर नतिरेको हो।

कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर गरी ८ करोड ५३ लाख ७७ हजार ५ सय ५४ रूपैयाँ राजस्व छलेको खुलेको छ। सोही बराबरको जरिवानासमेत हुने गरी विभागले १७ करोड ७ लाख ५५ हजार १ सय ८ रूपैयाँ बिगो कायम गरी सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस्