News Portal

  • गठबन्धनलाई सेतीमा सलल बगाइदिनुपर्छ- केपी ओली

    रातोपोस्ट संवाददाता
    ५८ पटक

    काठमाडाैँ, २६ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिनुपर्ने बताएका छन्। नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दे ओलीले उक्त कुरा बताएका हुन्।

    पाँच दलीय गठबन्धनलाई पराजित गरेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्दैछौं,’ उनले भने, ‘टुडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ।’

    ओलीले पोखरा महानगरमा एमालेका उम्मेदवार जिताउन आग्रह गर्दै विकासको जिम्मा पार्टीले लिने दाबी गरे। ‘उम्मेदवार जिताउने जिम्मा तपाईँको, विकासको जिम्मा एमालेको’ उनले भने, ‘यही सन्देश गाउँ गाउँमा टोल टोलमा यही भनेको छ एमालेको अध्यक्षले भनेर पुर्‍याइदिनुस्।’ओलीले वैशाख ३० को चुनावमा एमालेले चित्ने र आगामी संसदीय र प्रदेश सभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबीसमेत गरे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)