News Portal

नेकपा एसका युवा नेता एमालेमा प्रवेश

रातोपोस्ट संवाददाता
७१४ पटक

मेचीनगर, २७ बैशाख । नेकपा एकीकृत समाजवादीबाट मेचिनगर १० का वडाध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको कथित गठबन्धनलाई जिताउने र मुलुकमा सामाजिक रुपान्तरणका लागि दशकौदेखि संघर्षरत नेपाली कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गर्ने षड्यन्त्रमा लागेको स्पष्ट भएपछि नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेर पुरानै घर नेकपा एमाले प्रवेश गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र नेपाली जनताको लोकप्रिय पार्टीको रुपमा रहेको नेकपा एमाले रहेकाले आफू एमाले प्रवेश गरेको अवगत गराउदै नेकपा एकीकृतको तर्फबाट वडाध्यक्षको उम्मेद्वारी फिर्ता लिएको उनले सबैलाई जानकारी गराएका छन्। निर्वाचन आयोगबाट पाएको कलम चिह्नमा मतदान नगर्न मतदान गर्न तयार रहनु भएका सबै अग्रज तथा शुभचिन्तकहरुलाई सूर्य चिह्नमा मतदान गरी वडाध्यक्ष पदका युवा उम्मेद्वार नारायण खनाललाई बिजयी गराउन समेत उनले अपिल गरे।

साथै उनले सधैं माया र समर्थन गर्नुहुने सम्पूर्ण मेचीनगर एवम् वडाबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार गोपाल बुढाथोकी, उपप्रमुखको उम्मेद्वार मीना उप्रेतीलगायत सम्पूर्ण उम्मेदवारहरुलाई चुनाव चिह्न सूर्यमा मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन समेत आह्वान गरे।

प्रतिकृया दिनुहोस्