News Portal

झापाको मेचीनगरमा मतदानको सबै तयारी पुरा : निर्वाचन अधिकृत फुयाल

रातोपोस्ट संवाददाता
६४६ पटक

झापा, २९ बैशाख । बैशाख ३० गते (भोलि) हुने स्थानीय तहको मतदानका लागि मेचीनगर नगरपालिकामा सबै तयारी पुरा भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए । मेचीनगरमा ३५ मतदान स्थलका १ सय २ वटा मतदान केन्द्रमा भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने फुयलले जानकारी दिए ।

मेचीनगरमा ७७ निर्वाचित हुने पदका लागि ३ सय २० जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन । त्यस मध्ये मेचीनगर ११ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् भने बाँकी ३ सय १९ उम्मेद्वारबाट ७६ जना निर्वाचित हुनेछन ।

भोलिको मतदानका लागि मेचीनगरमा १०२ मतदान अधिकृत सहित ८१६ जना निर्वाचन कर्मचारी खटिएका छन भने सुरक्षाकर्मी र पर्यवेक्षक समेत परिचालन गरिएको निर्वाचन अधिकृत फुयलले बताए ।

मेचीनगरमा ४५ हजार १ सय १२ पूरुष र ४५ हजार ९० महिला गरी कुल ९० हजार २ सय २ जना मतदाता रहेका छन । नगरको वडा नं. ६ मा सबैभन्दा बढी ११ हजार ५ सय २५ जना मतदाता रहेका छन भने सबैभन्दा कम वडा नं. ११ मा ३ हजार ९ सय ९३ जना मतदाता रहेका छन । निर्वाचन अधिकृत फुयल

प्रतिकृया दिनुहोस्