रातोपोस्ट संवाददाता

झापा, ३० वैशाख । गठवन्धन साझा मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा नं. १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरेका छन् ।
आज विहान ८ बजे उनले खरेडाँगी स्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।
नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीसहितको गठबन्धनका उम्मेद्वार उनले आज विहान ८ बजे खरेडाँगीस्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मेयर पदका नेकपा एमालेका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नंं ९ स्थित हरि आधारभूत विद्यालय मतदान केन्द्रमा विहान ७ः१५ मा मतदान गरिसकेका छन् । आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।