रातोपोस्ट संवाददाता
झापा, ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको वडा नं. ९ स्थित कवि शिरोमणि माविमा मतदान गरेका छन् ।
आज विहान ८ः३० बजेतिर उनले मतदान गरेका हुन् ।
शर्माले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले जित हासिल गर्ने बताए ।