News Portal

मतदान केन्द्रबाट फर्किंदै गरेका सहायक मतदान अधिकृतको मोटरसाईकल दुर्घटनामा मृत्यु

रातोपोस्ट संवाददाता
६१४ पटक

सुर्खेत, ३० बैशाख । विरेन्द्रनगर सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो । मोटरसाइकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर मृत्यु भएको घर्तीले बताए ।

प्रतिकृया दिनुहोस्