News Portal

  • झापाका ६ स्थानीय तहमा मतगणना शुरु

    रातोपोस्ट संवाददाता
    ७५ पटक

    झापा, ३१ बैशाख । झापाका ६ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मतगणना शुरु भएको हो।

    सबै स्थानीय तहमा मतगणना शुरु भए–नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । उनले भने, ‘हिजो मतदानको कार्यक्रम केही ढिला भएको हो । आजबाट मतगणनाको कामले तीब्रता लिन्छ।’

    कनकाई नगरपालिकामा गरिएको मतगणनामा स्वतन्त्र मेयर पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले शुरुवाती अग्रता लिएका छन् । त्यहाँ वडा नम्बर ८ र ९ बाट मतगणना सुरु गरिएको हो।

    ३ सय मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याएका छन्।दोस्रोमा सूर्यको ७७ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले २८ मत पाएको छ। यसैगरी हलोको ९ मत आएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)