रातोपोस्ट संवाददाता
झापा, ३१ बैशाख । झापाकाे बुद्धशान्ति गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकामा १२५ मत गणना गन्दा काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँले अग्रता लिएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका प्रसाईँले ४९ मतका साथ अगाडि रहेका छन । एमालेका मिरा भुर्तेलले ४२ र राप्रपाका ध्रुवप्रसाद कोइरालाले ७ मत ल्याएको छ ।
उपाध्यक्षमा १८ मतका साथ एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । गठबन्धन (माओवादी)का खड्ग बहादुर तिम्सिना १७ र राप्रपाका इन्दिरा रिजाल ७ मत ल्याएका छन् । १ नम्बर वडा अध्यक्षमा एमालेका उम्मेदवार ५९ मतले अगाडी देखिएका छन् ।