News Portal

काठमाडौँ महानगरमा बालेन्द्रको अग्रता कायमै

रातोपोस्ट संवाददाता
४३६ पटक

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार ८२० मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार ५०७ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ४४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरेका छन् ।

कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)