News Portal

  • मेचीनगर मतगणना : अग्रता बढाउँदै गोपाल बुढाथोकी

    नवराज सुवेदी
    ५३५ पटक

    झापा, १ जेठ । मेचीनगरमा जारी मतगणनामा नेकपा एमालेले अग्रता बढाइरहेको छ । भरखरै प्राप्त जानकारी अनुसार एमालेले मेयर, उपमेयर र वडाअध्यक्ष पद सबैमा अग्रता लिएको छ ।

    अहिलेसम्म ७२८ मत गणना हुँदा एमालेले प्रमुख पदमा ३३ मतको अग्रता लिएको छ । जसअन्तर्गत प्रमुख पदमा लिएको अग्रता बढेको छ । अहिले सम्म एमालेले प्रमुख पदमा ३०९ मत प्राप्त गरेको छ भने गठबन्धनले प्रमुख पदमा २७६ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३०७ मत ल्याउदा गठबन्धनले १५२ मत प्राप्त गरेको छ ।

    वडाअध्यक्षमा पनि एमालेको नै अग्रता छ । जसमा एमालेले ३०८ मत ल्याउदा गठबन्धनले २९७ मत ल्याएको छ । जसअन्तर्गत प्राप्त नतिजा अनुसार एमालेले अग्रता बढाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)