News Portal

काँकरभिट्टामा जेठ १४ गतेदेखि सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुँदै

रातोपोस्ट संवाददाता
४९३ पटक

झापा, ५ जेठ । झापाको मेचीनगर स्थित काँकरभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ। काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२०००/- रुपैयाँ खर्च गर्न पाउने छन्,।

खेलाडीहरुलाई “ए”, “बी” र “सी” गरी ३ क्याटागोरीमा विभाजन गरिएको छ भने सहभागी टिमका मालिकले ए क्याटागाेरीकाे खेलाडीलाई १,५००-देखि २,००० सम्म बी क्याटागोरीकाे खेलाडीलाई १,००० देखि १,५०० र सी क्याटागोरिकाे खेलाडीलाई ५०० देखि १,००० रुपैयाँ सम्मको बोली लगाउन पाउने छन् । प्रतियोगितामा आशिष गुरुङ मालिक रहेकाे क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीकाे ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजकका अनुसार प्रतियोगिताकाे विजेता टोलीले रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छ।

प्रतिकृया दिनुहोस्