News Portal

भद्रपुरमा माओवादी केन्द्रका उम्मेदवार हारे पनि पार्टी विजयी भयाे : संयोजक अग्नि

रातोपोस्ट संवाददाता
४३२ पटक

झापा, ११ जेठ । नेकपा माओवादी केन्द्र झापाले भद्रपुर नगरबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद दिएकाे छ । आज भद्रपुर–८ स्थित एनसीडीसीमा एक कार्यक्रमको आयोजना गरी मतदाता र निर्वाचनका दौरान अहोरात्र लागेका पार्टी–कार्यकतालाई धन्यवाद दिदै पार्टीका तर्फबाट भद्रपुर वडा- ४ को वडाध्यक्षमा विजयी हंशधर राजवंशी र वडा सदस्य सविता पुरीलाई बधाई दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले मत परिणामबाट निराश नभई अझ खटेर पार्टीलाई मजबुद बनाउन आग्रह गरे । त्यस्तै, विशिष्ठ अतिथि जिल्ला सचिव मोहन टुडूले हालैसम्पन्न चुनावमा पार्टीका उम्मेदवारले हारे पनि गणतन्त्र पक्षधर जितेको बताए ।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहित तीन दलीय गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले गठबन्धनमा इमान्दारिता देखाएको उम्मेदवारहरुको ठहर छ । सोही इमान्दारिता नै उम्मेदवार हारे पनि पार्टीले जितेको उनीहरुको भनाइ थियो ।

झापा क्षेत्र नं. ३ का इञ्चार्ज एवम् भद्रपुर नगर निर्वाचन परिचालन कमिटीका संयोजक डिल्ली घिमिरे (हिक्मत)को अध्यक्षता भएको कार्यक्रमको सञ्चालन पार्टीका नगर सह इञ्चार्ज पुकार राजवंशीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्