News Portal

मेचीनगरमा १ सय ३२ जना उम्मेदवारको धरौटी रकम जफत

रातोपोस्ट संवाददाता
४०० पटक

झापा, १३ जेठ । दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दिएकामध्ये झापा जिल्लामा ९ सय ६१ जना उम्मेदवारको धरौटी अर्थात् जमाना जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ स्थानीय तहमा प्रमुख- अध्यक्ष, उपप्रमुख- उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २ हजार ७ सय ८६ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ३४ प्रतिशत उम्मेदवारको धरौटी अर्थात् जमाना जफत भएको हो । प्रमुख-अध्यक्षमा ८३, उपप्रमुख- उपाध्यक्षमा ५७, वडाध्यक्षमा २ सय ९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५ सय ३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।

नगरपालिकातर्फ मेचीनगरमा ७ प्रमुख र ५ उपप्रमुख गरी १ सय ३२ जना, अर्जुनधारामा एक प्रमुख र दुई उपप्रमुख गरी ४४ जना, भद्रपुरमा ५ प्रमुख र ४ उपप्रमुख गरी ८९ जना, बिर्तामोडमा ७ प्रमुख र ६ उपप्रमुख गरी ६० जना, शिवसताक्षीमा ७ प्रमुख र ३ उपप्रमुख गरी ९३ जना, दमकमा १४ प्रमुख र ६ उपप्रमुख गरी ८० जना, कनकाईमा ४ प्रमुख र ५ उपप्रमुख गरी ७२ जना, गौरादहमा ८ प्रमुख र ५ उपप्रमुख गरी ६६ जनाको धरौटी जफत भएको छ ।

त्यस्तै गाउँपालिकातर्फ कचनकवलमा ६ अध्यक्ष र ३ उपाध्यक्ष गरी ६३ जना, कमलमा ५ अध्यक्ष र ६ उपाध्यक्ष गरी ५२ जना, गौरीगञ्जमा ४ अध्यक्ष र ४ उपाध्यक्ष गरी ७० जना, झापामा ५ अध्यक्ष र २ उपाध्यक्ष गरी ५४ जना, बाह्रदशीमा ६ अध्यक्ष र २ उपाध्यक्ष गरी २४ जना, बुद्धशान्तिमा ३ अध्यक्ष र ३ उपाध्यक्ष गरी ४० जना, हल्दिबारीमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी २२ जनाको धरौटी जफत भएको छ । पालिका र वडा तहमा खसेको मतभन्दा उम्मेदवारले १० प्रतिशत भन्दा कम मत ल्याउनेको धरौटी जफत हुने निर्वाचन आयोगको निर्देशिकामा उल्लेख छ ।

मेचीनगर नगरपालिकामा ७७ जना निर्वाचित हुने जनप्रतिनिधिका लागि ३ सय ३८ जनाको उम्मेद्वारी दर्ता गराएका थिए । जसमा नगरप्रमुखमा १० जना र उपप्रमुखमा ८ जनाको उम्मेद्वारी दर्ता भएको भएकाे थियाे । त्यस्तै वडा अध्यक्षमा ८७ जना, खुल्ला सदस्यमा १ सय २८ जना, महिला सदस्यमा ५९ जना र दलित महिला सदस्यमा ४४ जनाको उम्मेद्वारी दर्ता भएको रहेकाे थियाे ।

सो निर्देशिका बमोजिम १० प्रतिशत भन्दा कम मत ल्याउनेको धरौटी रकम जफत भएको हो । प्रमुख -अध्यक्ष पदको उम्मेदवारको हकमा १ हजार ५ सय, उपप्रमुख/ उपाध्यक्षको हकमा १ हजार ५ सय, वडाध्यक्षको हकमा एक हजार, खुला सदस्यको हकमा ५ सय, महिला र दलित महिलाको हकमा २५० रुपैयाँको दरले उम्मेदवारी दर्ता गराउँदा धरौटी रकम लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । महिलालाई विशेष प्राथमिकता दिएकोले प्रमुख वा उपप्रमुख महिला उम्मेदवार भएको अवस्थामा ७ सय ५० रुपैयाँ लिएको उनले बताए । १० प्रतिशत भन्दा कम ल्याउने सबै उम्मेदवारको धरौटी कम जफत भएको उनको भनाई छ ।

धरौटी रकम जफत हुने उम्मेदवारहरूमा नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, लसपा, एकीकृत समाजवादी, विवेकशील पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अग्र्रनाइजेशन, जनमत पार्टी र स्वतन्त्र रहेका छन् ।

प्रतिकृया दिनुहोस्