News Portal

राप्रपाकाे युवा संगठनद्वारा धुलाबारीमा राँके जुलुस

रातोपोस्ट संवाददाता
४९४ पटक

झापा, १४ जेठ । पेट्रोलिम पदार्थको मुल्यवृद्वि विरुद्ध राप्रपा निकट युवक संगठन मेचीनगरले धुलाबारीमा राँके जुलुस प्रदर्शन गरेको छ । युवक संगठन मेचीनगरले पेट्रोलिम पदार्थको मुल्यवृद्वि फिर्ता गर लगायतका नारा लगाउँदै धुलाबारी बजारमा प्रदर्शन गरेका थिए ।

युवक संगठन मेचीनगरका अध्यक्ष गोविन बुढाथोकी, सचिव विनोद रिमालको नेतृत्वमा सयौँ युवाहरु जुलुसमा सहभागी रहेको राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाँईले जानकारी दिइन् । राँके जुलुस पछि काेण सभालाई सम्बाेधन गर्दै नगर अध्यक्ष बजँगाईले पेट्रोलिम पदार्थको मुल्यवृद्वि फिर्ता नगरे सडक आन्दोलनबाट मुल्यवृद्वि फिर्ता गर्ने सरकारलाई चेतावनी दिईन् ।

प्रतिकृया दिनुहोस्