News Portal

काँकभिट्टामा जारी सिटी लिग यु–१४ फुटबलमा ह्याप्पी र क्लासिक वारियर्स विजयी

रातोपोस्ट संवाददाता
८०३ पटक

झापा,१६ जेठ । झापाको मेचीनगर स्थित काँकरभिट्टा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको आज भएको खेलमा ह्याप्पी क्लब र क्लासिक वारियर्स विजयी भएका छन् ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा राइजिङ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लब विजयी भएको छ । यो जितसंगै लगातार दुई खेलमा विजय हासिल गर्न सफल ह्याप्पी क्लब लिगको शिर्ष स्थानमा उक्लेको छ ।

ह्याप्पीको तर्फबाट विनय सार्की र देवसिस श्रेष्ठले एकरएक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै विजेता टिमका विनय सार्की म्यान अफ द म्याच घोषित भए उनले नगद पाँच सय प्राप्त गरे । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा ह्याप्पी क्लबकै अभिमन्यु ढुङ्गेल घोषित भए उनले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गरे ।

त्यसैगरी आज नै भएको दोस्रो खेलमा क्लासिक वारियर्स विजयी भएको छ । संगम फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै क्लासिक वारियर्स विजयी भएको हो । यो जितसंगै क्लासिक वारियर्स लिगको दोस्रो स्थानमा समेत उक्लेको छ । उसले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

खेलमा क्लासिकको तर्फबाट आदित्य बुढाथोकीले व्यक्तिगत दुई गोल गरे । उत्कृष्ट प्रदर्शनी गर्दै दुई गोल गर्न सफल विजेता टिमका आदित्य बुढाथोकी म्यान अफ द म्याच घोषित भए उनले नगद पाँच सय प्राप्त गरे । त्यस्तै इमर्जीगं प्लेयरका रुपमा क्लासिक क्लबकै अर्पण राई घोषित भए उनले ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा चार वटा टिम सहभागी लिगको तेस्रोमा संगम फुटबल क्लबन रहेको छ । उसले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । त्यस्तै दुई खेलमा नै हार व्यहोरेको राइजिङ ब्वाइज एफसी लिगको अन्तिममा छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्