News Portal

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

रातोपोस्ट संवाददाता
४८४ पटक

बर्दिया,१८ जेठ । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।

ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई मंगलबार पक्राउ गरेको छ । थारूले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्