News Portal

महाकाली नगरपालिका–७ का वडा सदस्यको मृत्यु

रातोपोस्ट संवाददाता
३८६ पटक

दार्चुला, १८ जेठ । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए ।

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्