News Portal

  • बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

    रातोपोस्ट संवाददाता
    १७४ पटक

    काठमाडाैँ, १८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर साहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।

    मेयरमा निर्वाचित भएकोमा साहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए । ‘साहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

    काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)