News Portal

  • जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे- क्याप्टेन यो के गरिरहेको ?

    पत्रपत्रिका
    ४१८ पटक

    काठमाडौँ, १९ जेठ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् ।

    राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौँबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ ।

    फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो के गरिरहेको’ भनेर सोध्नुभयो । मैले उहाँलाई डोप्लर नेभिगेसनको बारेमा बताउँदै भनेँ । त्यति सुनेपछि उहाँले मलाई सोध्नुभयो- ‘तिमीले एअरो म्याग्नेटिक सर्भे गर्न सक्छौं?’ म पनि के कम? झट्टै भनिहालें, सक्छु सरकार । त्यसपछि राजा वीरेन्द्रले भन्नुभयो- ‘म तिमीले यो सर्भे गरेको हेर्न चाहन्छु क्याप्टेन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)