News Portal

महीनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य बढाइएको छैन : मन्त्री बडू

रातोपोस्ट संवाददाता
४१२ पटक

काठमाडौं, २० जेठ । एक महीनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य नबढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।

आज शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उठेका विषयको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुने गरी दुई पटक मूल्य बढाएको भन्ने कुरा सत्यता नभएको बताए।२०७८ चैत २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठमा ८ गते एक पटक मात्र मूल्य समायोजन गरिएको उनले जानकारी गराए।

मन्त्री बडूले पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा, डिजलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा, एलपी ग्यासमा सात सय ५१ रुपैयाँ १४ पैसा प्रतिसिलिन्डर घाटा रहेको बताए। मट्टीतेल र हवाई इन्धनमा मासिक ६५ करोड रुपैयाँ नाफा रहेको उनको भनाइ थियो।नाफा र घाटा मिलाउँदा अहिले मासिक रूपमा निगमलाई सात अर्ब ७७ करोड रुपैयाँ भएको पनि उनले बताए।

प्रतिकृया दिनुहोस्