News Portal

बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नरबहादुर चयन

रातोपोस्ट संवाददाता
४४८ पटक

झापा, २२ जेठ । बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनले केन्द्रीय अध्यक्षमा नरबहादुर बानियाँलाई चयन गरेको छ । झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा साधरणसभाबाट काठमाडौँका नरबहादुर बानियाँ समाजको नेतृत्वमा चयन भएका हुन् ।

भारतसहित नेपालका ६ सय प्रतिनिधि सहभागी १३औँ राष्ट्रिय सम्मेलनले नर बहादुरको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भारतसहित नेपालका ६ सय प्रतिनिधि सहभागी १३औँ राष्ट्रिय सम्मेलनले उनको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको केन्द्रीय उपाध्यक्षहरुमा भक्तपुरका केशव बानियाँ, ललितपुरकी सपना बानियाँ, चितवनका अमृत बानियाँ र झापाका शेरबहादुर बानियाँ चयन भएका छन् । त्यस्तै, समाजको महासचिवमा काठमाडौँका भगिरथ बानियाँ चयन भएका छन् भने सचिवमा ताप्लेजुङका चन्द्रप्रसाद बानियाँ, झापाका मनोज बानियाँ र म्याग्दीका दिपेन्द्र बानियाँ चयन भएका छन् । राष्ट्रिय सम्मेलनले बानियाँ बन्धु समाजको केन्द्रीय कोषाध्यक्षमा तनहुँका कपिल बानियाँलाई चयन गरेको छ ।

त्यसअघि सम्मेलनको उद्घाटन मेचीनगर नगरपालिकका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । सम्मेलनको उद्घाटनसत्रमा विभिन्न क्षेत्रका बानियाँ बन्धुहरुलाई सम्मान गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक चन्द्रप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा. विशाल बानियाँ, बानियाँ बन्धु समाजका झापा पूर्वअध्यक्ष नारायण बानियाँसहितलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्