News Portal

झाँक्री, आले र कृष्णकुमार जनताको काम गर्नुपर्छ भन्नेमा सिरियस देखिन्थे : दीपकराज गिरी

रातोपोस्ट संवाददाता
३३४ पटक

काठमाडौं, २२ जेठ । कलाकार दीपकराज गिरीले नेकपा एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री हेरफेरको निर्णय भएपछि गिरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट सेयर गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले जनताका लागि साँच्चिकै राम्रो काम गर्न खोजिरहेका मन्त्रीहरुलाई एकीकृत समाजवादीले हटाउन नहुने आशयको टिप्पणी गरेका छन् ।सत्य बोल्नुपर्छ । मन्त्री पदबाट बिदाई हुने क्रममा रहेकी रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार जनताको काम गर्नुपर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है,’ उनले लेखका छन् । आइतबार एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पाँच मन्त्रीलाई फेरबदल गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको ठाउँमा हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ, पर्यटन तथा उड्डयन मन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ठाउँमा मेटमणि चौधरी र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भने हिरा केसीलाई ल्याइँदै छ ।फेरिने मन्त्रीहरुको सूची लिएर पार्टी अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिकृया दिनुहोस्